शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका « Khabarhub

शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गएका छन्।

शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएका हुन् ।

उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

‘हामीले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाएका छौँ । त्यो कार्यतालिका आजको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले पारित गर्न महामन्त्रीद्वयले कार्यवाहक सभापतिलाई भेट्नुभएको छ’, उनले खबरहबलाई भने, ‘हामी जसरी पनि यो निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने पक्षमा छौँ। त्यसैअनुरुप कार्यतालिका बनाएका छौँ ।’

गुरुङका अनुसार यो कार्यतालिका धेरै केन्द्रीय सदस्यहरूको सल्लाह र पदाधिकारीहरूसँगको छलफलबाट बनाइएको हो।

पार्टीभित्रको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग शुक्रबार बिहान छलफल गरे ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग बिहान छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ०९ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात