म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा « Khabarhub

म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी शेखर गोल्छाले निरन्तर फिल्म निर्माणमा रहने घोषणा गरेका छन् ।

डेब्यू निर्माण रहेको फिल्म ‘परान’को प्रिमियरस्थल सुन्धारमा बुधबार दीर्घकालीन सोचका साथ सिनेमा क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

उनले भने, ‘हामी एउटा मात्रै फिल्म बनाउने होइन । हामी लगातार फिल्म बनाउनेछौं ।’

अर्का व्यवसायिक रञ्चित आचार्य र गोल्छाको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा ‘परान’ बनेको हो । यो कम्पनीको पहिलो फिल्म हो ।

गोल्छाले भने, ‘लामो सयमदेखि मैले र रञ्जित जीले देखेको सपना हो यो । बाइस्कोप यो धेरै पुरानको कम्पनी हो ।’

राम्रो स्क्रिप्टको चयन गर्दा फिल्म निर्माणमा केही ढिलाइ भएको उनको भनाइ छ ।

पहिलो प्रोजेक्टमा डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’लाई लिए पनि फिल्मप्रति सन्तुष्ट देखिए ।

उनले भने, ‘पहिलो फिल्ममा नै उहाँले राम्रो काम गर्नुभएको छ ।’

आफूहरुको फिल्ममा नेपाली समाजको मौलिक कथा रहेनेसमेत उनले बताए ।

‘परानको कथा नै किन चयन गर्नुभयो ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘रेमिट्यान्सले देश चलेको छ तर त्यसको असर घरमा कस्तो छ भनेर देखाउनका लागि हामीले यो कथा चयन गरेको हौं ।’

यसअघि पनि केही उद्योगीहरु फिल्म निर्माणमा आएका थिए । तर, उनीहरु दीर्घकालीनरुपमा यो क्षेत्रमा रहन सकेनन् ।

गोल्छाले दीर्घकलीन लगानीको प्रतिबद्धता व्यक्त गर्नु फिल्म क्षेत्रका लागि खुसीको खबर हो । गोल्छा मुलुकको ठूला घरनाको व्यावसायी/उद्योगी हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : १८ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु