जेन-जीको प्रदर्शन आन्दोलन होइन, नागरिक विद्रोह हो : रेशम चौधरी | Khabarhub Khabarhub

जेन-जीको प्रदर्शन आन्दोलन होइन, नागरिक विद्रोह हो : रेशम चौधरी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले भदौ २३ र २४ को जेन-जीको प्रदर्शन आन्दोलन नभएर नागरिक विद्रोह भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको राजनीतिक संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जेन-जी आन्दोलनको उपलब्धि आगामी बाटो र निकास विषयक’ राजनीतिक संवाद गर्दै चौधरीले भने, ‘जेन-जी आन्दोलन हो भनेर कसले भन्यो ? यो त नागरिकको विद्रोह हो । तर जेन-जी भाइबहिनीहरू आकाश धमिलो छ पानी पर्न पनि सक्छ रोकिदिन पनि सक्छन् । तपाईंहरू चनाखो हुनैपर्छ।’

चौधरीले थारु समुदायमाथि पटकपटक हमला भएको भन्दै आफू कैलालीको टीकापुर घटनामा संलग्न नभए पनि आठ वर्ष लामो जेल बस्नुपरेको गुनासो गरे ।

हात-खुट्टामा फलामको साङ्ग्ली बाँधेर अस्पतालमा उपचार गराएको स्मरण गर्दै उनले आफूलाई त्यसबेला डा. बाबुराम भट्टराईले राहत दिएको चौधरीले स्मरण गरेका छन्।

चौधरीले यसो भनिरहँदा पूर्वप्रधानमन्त्री भट्टराई पनि कार्यक्रमको मञ्चमै थिए।

रास्वपाको राजनीतिक संवादमा जनमत पार्टीका पूर्व प्रवक्ता शरदसिंह यादव पनि देखिएका छन्। यादवले एक महिना अगाडि जनमत पार्टी छोडेको घोषणा गरेका थिए। उनी रेशम चौधरीको पार्टीमा जाने या नजाने टुङ्गो लागेको छैन।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ०३ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी