मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार « Khabarhub

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ ।
   
गत मंगलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली त्यहाँ प्रस्थान गरेको थियो ।
   
उच्च हिमपात, कमजोर ‘भिजिबिलिटी’ तथा सञ्चार कठिनाइका कारण उद्धारमा समस्या भएको थियो । 

याक खर्कलाई वेश बनाई तीन दिनको अथक प्रयासपछि करिब ४९०० मिटरको बतासेडाँडा इलाकाबाट टोलीले आज फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

फेला परेका पर्यटक संयुक्त उद्धार टोलीसहित जोमसोम फर्कने क्रममा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ३१ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु