बेँसीसहर–चामे सडक अवरुद्ध | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडक अवरुद्ध


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । 

यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँठाउँमा सडक माथिबाट ढुङ्गाहरू झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो २ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गाहरू खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए । 

सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ । 

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन् । यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ । 

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारीसाधन सञ्चालन हुँदै आएको छ । पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ । 

सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरू बढी प्रत्यक्ष मर्कामा पर्ने गरेका छन् । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ३५ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी