खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो « Khabarhub

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् ।

सुनारले जाजरकोटका नवराज विकको सामूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे । 

आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ५९ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब