जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो « Khabarhub

जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा गत भदौ २४ गते जेन-जीहरूको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको एउटा पेस्तोल एक लाख रुपैयाँमा बेचेको खुलेको छ। उक्त प्रकरणमा संलग्न पाँचजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २४ गतेको जेन-जीको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको पेस्तो बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूबाट सीएफ ९८-९ पेस्तोल १ थान, पेस्तोलको म्याग्जिन १ थान र गोली १५ थान बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले प्रहरीबाट लुटिएको पेस्तो एकले अर्कोलाई बेच्दै हिँडेको पाइएको छ।

भदौ २४ गते जेन-जीका नाममा काठमाडौंका अधिकांश प्रहरी कार्यालय अराजक समूहले जलाएका थिए । त्यसदिन काठमाडौंबाट मात्रै १५ सय थानबढी हतियार लुटपाट भएको थियो ।

यसरी एक लाखमा बेचिएको यो पेस्तोल सुरूमा धादिङका कृष्ण गुरूङ र काठमाडौंका राजन देउलाले लुटेको खुलेको छ। त्यसपछि स्वयम्भू बृत्तले उक्त पेस्तोल गुरूङको डेरामा लुकाएको पत्ता लगाएको थियो ।

प्रहरीले गुरूङलाई बौद्धबाट यही बिहीबार पक्राउ गर्‍यो । गुरुङले पेस्तोल लुटपाटमा देउला पनि सहभागी भएको बताए । तर लुटिएको पेस्तोल उनीहरूबाट भेटिएन।

प्रहरीसँगको बयानमा उनीहरूले पेस्तोल र १५ था गोली बिक्री गर्न अर्कै व्यक्तिलाई दिएको बयान दिए । उक्त पेस्तोल भारतको बिहार घर भएर काठमाडौंको चमती बस्ने अकबर खानलाई दिएको खुल्यो। तर अकबरको साथमा पनि पेस्तोल थिए ।

प्रहरीले सोधपुछ गर्दा अकबरले काठमाडौं-१५ का २६ वर्षीय सुमिन शाक्यलाई ६० हजारमा बेचेको बयान दिए । सुमिन पनि समातिए । तर उनले पनि पेस्तोल अर्को व्यक्तिलाई बेचेको बयान दिए ।

सुमिनले प्रहरीसँगको बयानमा नयाँबानेश्वर निवासी कपडा व्यापारी प्रभात मल्ललाई एक लाख रुपैयाँमा बिक्री गरेको बताए । क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका प्रभातबारे जानकारी पाएपछि प्रहरी त्यहीँ पुगेर छापा हान्यो। त्यहाँ पुगेपछि बल्ल पसलको चेन्जिङ रूमा पेस्तोल र गोली दुवै भेटियो ।

पेस्तोल र गोली भेटिएपछि पक्राउ परेका पाँचैजनामाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान बढाएको छ। उनीहरू सबैविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको भट्टराईले बताए ।

भट्टराईका अनुसार, लुटिएको पेस्तोल र गोलीको स्रोत, बिक्री सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको खोजी अघि बढाइएको छ।

पक्राउ परेकाहरू

१. कृष्ण गुरुङ (२१ वर्ष) – धादिङ धुनिवेशी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१५ ट्राफिक बिटनजिक चरा पसलका कामदार। उनी प्रहरी कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न रहेको ।
२. राजन देउला (२५ वर्ष) – काठमाडौं महानगरपालिका–१५ भगवापाउँ, जर्मन क्वाटर बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
३. अकबर खान (२४ वर्ष) – भारत, मोतिहारी सितामणी घर भई काठमाडौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
४. सुमिन शाक्य (२६ वर्ष) – काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेन्ट नजिक बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
५. प्रभात मल्ल (३८ वर्ष) – काठमाडौं महानगरपालिका–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने। हतियार खरिद गर्ने व्यक्तिका रूपमा पक्राउ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ५५ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको