माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने | Khabarhub Khabarhub

माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित भएको भन्दै तीन दिन लामो केन्द्रीय कमिटी बैठक टुंग्याएकाछन् ।

उनले नेकपा माओवादी केन्द्रसँगको एकताको विस्तृत निर्णय सचिवालय बैठकले गर्ने पनि सुनाएका छन् ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पूर्णता दिँदै अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनाललाई बोल्न नदिई बैठक सके।

बैठकमा समापन मन्तव्य राख्ने क्रममा अध्यक्ष नेपाल बोल्दाबोल्दै खनालले आफू बोल्न समय मागेका थिए। तर नेपालले बोल्न नदिई माइक काटिएको हो।

अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय सचिवालयलाई जिम्मेवारी दिएको भनेपछि हो-हल्ला भएको थियो।
त्यसपछि खनालले बोल्न मागेका थिए तर उनले केही बेर बोल्न खोज्दै गर्दा माइक काटिएको हो।

सम्मानित नेता आफ्नो कुरा राख्न नपाएकोमा असन्तुष्ट छन्। उनीसहित एकीकृत समाजवादीका डेढ दर्जन नेता माओवादीसँग एकताको विपक्षमा छन् । त्यहीकारण खनालले समापन बैठकमा आफ्नो भनाइ राख्न खोजेका थिए ।

नेपालले आफ्नो भनाइ राख्न नदिएपछि रिसाएका खनालले केही दिनमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए

झापा– झापामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

बागलुङ– यतिबेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु,

ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’ 

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज