फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा « Khabarhub

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको बताएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय गरेपछि बास्कोटाको यो भनाइ आएको हो ।

समाजवादीले माओवादीसँग एकताको निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार घर छाडेर गएकालाई फर्किन आह्वान गरेका थिए ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले ओलीको उक्त आह्वानप्रति पनि कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वामपन्थीहरू त्यही प्रवृत्तिबाट अभिशप्‍त छन्, मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।’

मिलेर पनि नमिल्नुका कारणका रूपमा उनले गहिराइको चाप र नेतृत्वको राप भनेका छन् ।

‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने’, उनले माधवकुमार नेपालतिर लक्षित गर्दै भनेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : १० बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ