५२ गर्भवतीलाई पोषण भत्ता प्रदान « Khabarhub

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही पाँच हजारका दरले दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिइन् ।

उनले भनिन्, ‘गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको हो ।’

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि उक्त रकम प्रदान गर्ने गरिएको महिला विकास निरीक्षक सुर्खालीले बताइन् । उनले भनिन्, ‘यसअघि गर्भवती महिलालाई नगद नै हातमा दिइन्थ्यो, तर अहिले चेकको फोटो कपी पेस गर्नुपर्ने प्रावधान रहेको छ ।’

त्यसैगरी चालु आवमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । यस आवमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९,‘ग’ वर्गको १८ र ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिइन् । उनका अनुसार गत वर्ष १९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो । (रासस)

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : ५६ बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद