झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो | Khabarhub Khabarhub

झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

झापा– झापास्थित बिरिङ खोलाको पुलमुनि भेटिएको शव  शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि भएको छ ।

आफ्नो सवारीसहित बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय शर्माको शव झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गनजिक बिरिङ खोला पुलमुनि गाडिएको अवस्थामा शनिबार फेला परेको छ ।

सरोजको शव भेटिएको बिरिङ खोलाको पुलमुनि प्रहरी पुगेर घटनास्थलको जाँच प्रकृति मुचुल्का गरिरहेको छ । उनको शवलाई पोस्टमार्टम गर्न अस्पताल पठाउने तयारी भइरहेको छ ।

सरोजको मृत्यु के–कसरी भयो भन्ने अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तर गाडिएको अवस्थामा भेटिएकाले उनको हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

उनी गत आइतबारदेखि कारसहित बेपत्ता भएका थिए ।  तीन दिनअघि बुधबार मात्रै उनको कार चारआली जंगलमा आगजनी गरिएको अवस्थामा फेला परेको थियो ।

झापाको मेचीनगर १३  चारआली भद्रपुर रोड क्षेत्रमा पर्ने  हातेमालो सामुदायिक वन जंगलभित्र आगजनी गरिएको अवस्थामा उक्त कार फेला परेको थियो । दुवै घटनाको छानबिन अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ०७ बजे

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

कोप-३० : अमेरिकाले कुनै पनि उच्च अधिकारीलाई नपठाउने

वासिङ्टन – अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप-३० जलवायु

कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव

काठमाडौं – बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय