कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती | Khabarhub Khabarhub

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । बर्सातका बेला आउने बाढीले खोला तर्न सकिँदैन भने हिउँदका बेला बाढीको पानीले बनाएका खाल्डाखुल्डीले खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ । खोलाको खाल्डाखुल्डीमा रहेका चिप्ला ढुङ्गामा चिप्लिएर दुर्घटना हुने गरेको छ ।

पुल निर्माणका लागि पटकपटक माटो परीक्षण र सर्वेक्षण भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य अघि बढ्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । ‘हरेक निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्’, स्थानीय ८० वर्षीय नरबहादुर बोहराले भभने, ‘चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैन, खोलाको सास्ती दशकौँदेखि खेप्दै आएका छौँ ।’

बोहराका अनुसार पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ । ‘खोला घटेपछि मात्रै वारपार गर्न सकिन्छ, कहिलेकाहीँ बाटै फर्किनुपर्छ’, उनले भने, ‘यस वर्ष मात्रै खोलामा बगेर दुई जनाको ज्यान जाने अवस्था आएको थियो तर समयमै उद्धार गर्न सफल भएर ज्यान बच्यो ।’

स्थानीय गोविन्द मालले विद्यालय जाने बालबालिका खोलामा आउने बाढीका कारण सबैभन्दा बढी प्रभावित हुने बताए । ‘बर्सातका बेला बालबालिकालाई खोला पार गर्न कठिन हुन्छ, कहिलेकाहीँ खोला घट्दासम्म राति अबेर सम्म पर्खनुपर्छ’, उनले भने, ‘बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि लिनका लागि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता छ ।’

‘चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ’, माधवी नेपालीले भनिन्, ‘हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ ।’

उक्त खोला तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दा ओहरदोहर गर्ने गर्दछन् । यही बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।

बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्नका लागि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन् । पुल निर्माण भएमा विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनीहरूको भनाइ छ । (रासस)

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : १७ बजे

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

कोप-३० : अमेरिकाले कुनै पनि उच्च अधिकारीलाई नपठाउने

वासिङ्टन – अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप-३० जलवायु

कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव

काठमाडौं – बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय