सर्लाहीमा झरीका कारण धानबालीमा क्षति « Khabarhub

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बरहथवा– बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका–१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताए। 

एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,’ उनले भने, ‘भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त कुहिएर काम नलाग्ने भइसकेको छ ।’

लगातार परेको झरीका कारण आफूहरु समस्यामा परेको किसान विनोद यादवले सुनाए। ‘भित्र्याउने समयमा धानबालीमा पानीले क्षति गर्दा मन अमिलो बनेको छ’, उनले भने। यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए । केही दिन सुकाएर उठाउने तरखर गर्दागर्दै पानी पर्न थालेपछि समस्या भएको उहाँहरुको भनाइ छ । 

केही समय अघि आएको बाढीका कारण पनि यहाँका किसान समस्यामा परेका थिए । पहिले बाढी र हावाले धान लडाएको थियो । अहिले परेको झरीले त्यसलाई डुबाएपछि अब धान काम नलाग्ने किसानको गुनासो छ । 

बोटमै रहेको धानमासमेत बाला झर्ने, पानीले जमिन गलेपछि धानको बोट लड्ने समस्या भएको बागमती नगरपालिका–११, का किसान यज्ञ धिमालले बताए। समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका किसान अहिले बेमौसमी पानीले मारमा परेको उनको भनाइ छ । 

जसोतसो उत्पादन भएको धान नाश हुने अवस्था आएको बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीको भनाइ छ । जिल्लाको अधिकांश स्थानमा परेको झरीले किसानले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । 

केन्द्रका अनुसार यसवर्ष जिल्लामा ८० प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको थियो । त्यसमा पनि समय घर्किएर गरेको रोपाइँले धान उत्पादनमा गिरावट आउने उनको भनाइ थियो । 
 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  २ : ३१ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर