भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु « Khabarhub

भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुरको षडानन्द नगरपालिका-४ मा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

खार्तम्छाको चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १२१३ नम्बरको लकडी लोड ट्रयाकटर अनियन्त्रित भई  दुर्घटना भएको हो ।

दुर्घटनामा चालक षडानन्द नगरपालिका-४ केराबारी निवासी २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका-४ चरम्बी निवासी १७ वर्षीय नवीन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

घाइतेहरू १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षकै सुनिता तामाङको दिङला नगर अस्पताल दिङ्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : २३ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख