एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु « Khabarhub

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् । उनले अब यताउता नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जहाँ जान्छन् त्यही जाने बताए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा, नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूबीच १८ गते एकीकरण हुन लागेको भन्दै आफू त्यो एकीकरण भएको पार्टीमा रहने उनले बताएका हुन् ।

‘माधव प्रचण्ड सहित सातवटा राजनीतिक दलहरूको एकीकरण हुन लागेको छ । म माधव नेपालसँगै एकीकरणको पक्षमा रहनेछु’ गौतमले खबरहबलाई भने, ‘एकीकरणपछि कसको पद के रहने र कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा माधव प्रचण्ड र अरु नेताहरु छलफल गरिरहेका छन् । मैले कुनै पद मागेको छैन तर मलाई सम्मानजनक पद दिन्छन् भन्ने अपेक्षा गरेको छु।’

गौतमले केही समय अगाडि खबर हबसँगको अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुरा नसुन्ने बताएका थिए। तर केही कम्युनिस्ट पार्टीहरू एकीकरण हुने भएपछि उनी माओवादी अध्यक्ष प्रचण्डलाई नराम्रो भन्ने पक्षमा अहिले छैनन्।

‘मैले प्रचण्डसँग जाँदिन भनेको थिएँ । खास हामी प्रचण्डसँग गएको पनि होइन। पार्टीहरू एकीकरण गर्न खोजेको हो’ उनले अगाडि भने, ‘कम्युनिस्ट पार्टी एकताको पक्षमा त म पहिलेदेखि नै थिएँ ।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ४४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका