कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने  « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने 


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच विवाद भएपछि शुक्रबारका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो ।

आजको बैठकमा महाधिवेशन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ । 

कांग्रेसमा १५औँ महाधिवेशनको मितिबारे विवाद रहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष आगामी मङ्सिरमै नियमित महाधिवेशन गर्नुपर्ने र त्यसो हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने अडानमा रहेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन पक्ष भने फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणामा अडिग छन् ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित हुँदै र चल्दै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ५१ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज