माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने « Khabarhub

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूको संयुक्त बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको हो । 

त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक विषयका साथै समायोजन, नीतिगत वैचारिक विषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने विषयमा बढी छलफल भएको उनले बताए ।

सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत् वामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे । 

उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चुनाव एकमात्रै विकल्प भएकाले त्यसमा आफूहरूको ध्यान केन्द्रित रहेको उल्लेख गरे । एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थित थिए।

माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ३७ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने