जिपीम्यानको नयाँ कार्यसमिति चयन « Khabarhub

जिपीम्यानको नयाँ कार्यसमिति चयन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आइतबार सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।

आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन, सहसचिवमा डा सन्तोष बास्तोला, कोषाध्यक्षमा डा सञ्जयकुमार गुप्ता तथा सहकोषाध्यक्षमा डा आरती शाह चयन भएकी छन् । 

त्यस्तै, कार्यसमिति सदस्यमा डा ऐषणा जोशी, डा दयाराम लम्साल, डा दीपेन्द्र तिमिल्सिना र डा राजीवराज थपलिया छन् । 

सरकारी तथा निजी अस्पताल एवं दुर्गम भेगमा रहेका स्वास्थ्य संस्थामा कार्यरत आकस्मिक तथा सामान्य चिकित्सा क्षेत्रमा कार्यरत ८०० भन्दाबढी चिकित्सक रहेको यस संस्था २०४६ सालमा स्थापना भएको हो ।

संस्थाको एकता, पेसागत उन्नति र आपत्कालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष डा दवाडीले विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ४९ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले