हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालन « Khabarhub

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागमती- सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ । 

अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुङ्गाहरू खस्दा आइतबार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

सडकमा खसेको ठूला ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए  । 

यस्तै, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुन सकेको छैन । 

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो । 

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 

पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्नेक्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ५४ बजे

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका