स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु « Khabarhub

स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि मर्मत सुरु भएको छ ।
        
भारी वर्षाका कारण सडकका दर्जनौँ स्थानमा क्षति भई यातायात सञ्चालनमा अवरुद्ध भएको थियो । सडक विभागकै स्वामित्वमा रहेको डोजरको सहायताले अन्तर्राष्ट्रिय राजमार्गको मर्मत सुरु गरिएको गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । 

उनका अनुसार पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो । 

गत असार र साउनको वर्षाले क्षति बनाई पुनः सञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो । 

 ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा  सिमेन्टको कङ्क्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ५६ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश