एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी | Khabarhub Khabarhub

एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।

आन्दोलनरत नर्स र सङ्घबीच आज बसेको आकस्मिक छलफलले आन्दोलनका कार्यक्रम पूर्वयोजनाअनुसार जारी राख्दै ४८ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको सङ्घकी महासचिव डा देवकाकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

यद्यपि, आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत नर्सिङ सङ्घ, अफिन एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिबीच सहमति भएको भन्दै सहमतिका मुख्य बुँदा सार्वजनिक गरेको छ ।

असन्तुष्ट नर्सका सन्दर्भमा समितिले एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । “आफ्नो काममा फर्किनुहुन र सहमति कार्यान्वयन गर्न सक्रिय योगदानसहित पृष्ठपोषण गर्नुहुने अनुरोध गर्दछौँ,” मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : ०३ बजे

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण