जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण « Khabarhub

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ।

गाउँपालिका संयोजक ईश्वर श्रेष्ठले गाउँपालिकाले गरेका काम तथा त्यसमा भएको सम्पूर्ण खर्चको विवरण माग गरिएको जानकारी दिए।

गाउँपालिकाले छनौट गरेका योजना तथा बजेटका सिलिङको प्रतिलिपि, गाउँपालिकाको वार्षिक प्रगती विवरण, अध्यक्ष÷उपाध्यक्ष उपभोग गरेको सेवा सुविधा, सवारी साधनको दुरुपयोग, लिखु हाइड्रो पावरले गाउँपालिकामा बुझाएको प्रतिवेदन, कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्यमा भएको प्रगति विवरण, वडा कार्यालयको गतिविधि माग गरिएको छ ।

यस्तै केन्द्रिय प्रसारण लाइनको प्रगती, कृषी शाखाको गतिविधि, स्थानीयलाई रोजगारको अवसर, खेलकुदमा भएका गितिविधि लगायत २० वटा विवरण माग गरिएको छ । गाउँपालिकालाई बुझाइने उक्त प्रतिवेदनमा २५ जना युवाहरुले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ०६ बजे

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले