अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण | Khabarhub Khabarhub

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण



मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ । डर उत्ति छ, घाइते संविधानले अर्को संसद भेट्ला ? यस्को परिमार्जन जनमतले भेला भएका सांसदले गर्लान वा यस्का संरक्षक राष्ट्रपतिले अन्य घोषणागर्न बध्य होलान ? संविधान: देश र शासन प्रणालीको मुटु नै “फाली दिउ कि राखौं” भनेर कुनै अमुकपात्र ‘इरिटेट’ भएको देख्दा त लाग्छ, देश द्वन्द्वको भासमा जानेवाला छ, यदी त्यस्ता पात्र र प्रवृत्ति समयमै किनारा नलागेको अवस्थामा । यसो किन भनिँदैछ भने यो संविधान बन्न देशले १७ हजारको ज्यान दिएको छ, अर्बौ खर्चेको छ ।

वर्षौ यसको गति स्थिर बसेको छ । सक्ने जति धेरै विषय बोकेको छ । द्वन्द्वको भास किन भनियो भने यही संविधानका लागि लडेका, जिन्दगी अर्पेको बहुमत संख्या अहिले तमासा हेरेर बसेको मात्रै छ, चुरिफुरीको मूल्याङ्कन गर्दैछ । भ्रष्टाचार, कुशासनको विरोध ध्वंस कहिले हुँदैन । त्यो त माओवादिले १० वर्ष लगाएर गरी सक्यो । त्यो असफल ‘प्राक्टिस’ सिद्द भइसकेको छ । राणा, राजा रोक्ने दलले भ्रष्टाचार रोक्न नसक्ने कुरा लोकतन्त्रको देखियो/बन्यो। तर विकल्पमा उदाउनेले देश खरानी पार्नु निकृष्टता बाहेक केही होइन ।

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ । राज्यसत्ता कमजोर हुँदा अराजकता कति बलियो हुन्छ भन्ने तथ्य खोज्न गत भदौ २४ गते सम्झिए पुग्छ ।

यसो गरिरहदा देश द्वन्द्व मै जानेछ र त्यस्तो अवस्थामा राष्ट्रियता माथि कालो बादल मडारिनेछ । अत:देश र देशबासिले “देशका दुस्मन” चिन्ने, अप्ठेरा चिर्ने र कठोर ढङ्गले पर्गेल्ने समय हो, यो । लोकतन्त्र चलाउनका लागि सामाजिक एकता आवश्यक छ। तर आजको चरम असमानता र विषाक्त सूचना वातावरणले त्यो एकतालाई कमजोर बनाएको छ। लोकतन्त्र केवल संस्थागत अभ्यास होइन- यो साझा विश्वास र सहअस्तित्वको संस्कृति हो। तर हामी कहाँ खिया लगाएको छ । विगत ३५ वर्षको राजनीतिक विसङ्गति, कुशासन र संस्थागत क्षयले नेपाललाई यस्तो दोबाटोमा ल्याइपुर्‍याएको छ, जहाँ बाटो त दुईवटा छन्, तर गन्तव्य एउटै- पतन वा पुनर्जागरण। देशले पटक–पटक परिवर्तनका आँधीहरू देख्यो, क्रान्तिका घोषणा सुन्यो, संविधानका नयाँ संस्करण जन्मायो; तर नेतृत्वको नियत र चरित्र नबदलिँदा, जनताले केवल निराशा, बेरोजगारी र बेइमानीको चक्रमा फस्न बाध्य भए।

नेपाली राजनीतिले बारम्बार सत्ता फेरेर पनि मुहार फेरेन, केवल अनुहार र गठबन्धन फेरेको हो। यसले राज्यलाई आत्मा विहीन संस्थामा परिणत गर्‍यो। अबको बाटो भने स्पष्ट छ- राजनीतिक दुस्मनहरू (भ्रष्टाचार, दण्ड हीनता, कुशासन र अकर्मण्यता) माथि निर्णायक विजय, र त्यसपछि दिगो पुनर्निर्माण। तर यो मार्ग केवल नीति होइन, नैतिक पुनर्जागरण हो- जसको दर्शन राम, रावण र प्रोमेथियस जस्ता आख्यानले शताब्दीयौंदेखि सिकाइरहेका छन्।

राम–रावणको रूपक : चरित्र/स्वार्थ
राम र रावण दुबै सम्राट थिए- दुबै शक्तिशाली, विद्वान् र समृद्ध। तर इतिहासले रामलाई स्मरण गर्छ, रावणलाई जलाउँछ। किनभने रामले मर्यादा, सत्य र कर्तव्य रोजे; रावणले शक्ति, अहंकार र वासना। नेपालको राजनीति आज यही दोबाटोमा छ। यहाँ नेताहरूको राजनीतिक चरित्र हराएको छ; जनताको म्यान्डेट छ, तर कर्तव्य,जिम्मेवारी बोध, नैतिक अनुशासन छैन।
रामले ‘राजधर्म’ निभाए – आफ्नो सत्ताभन्दा नागरिकको विश्वास ठूलो ठाने। तर नेपालको अधिकांश नेतृत्वले ‘राजनीतिक धर्म’ होइन, दलधर्म पालन गर्‍यो र आफ्ना प्रतिको मात्रै धर्म पालन गर्‍यो।

कसैले सत्तामा टिक्न, कसैले विपक्षमा प्रतिशोध लिन र कसैले विदेशी स्वार्थ सन्तुष्ट पार्न राष्ट्रको आत्मा नै सस्तोमा बेचे।
रामको जीवनले सिकाउँछ- सत्ता नै धर्म होइन, चरित्रकै कारण सत्ता पवित्र हुन्छ। रावणले ज्ञानका शिखर चुमे, तर चरित्रको चुचुरो चुम्न सकेन। त्यसैले उनी विनाशको प्रतीक बने। नेपालका नेताले पनि बुझ्नुपर्ने यही हो- अस्थायी सत्ताभन्दा स्थायी चरित्र ठूलो हो।

प्रोमेथियसको आत्मत्याग: जनताको उज्यालोका लागि पीडा सहने शक्ति
ग्रीक मिथक अनुसार, प्रोमेथियस देवताहरूको आदेश उल्लङ्घन गरेर मानवका लागि अग्नि (ज्ञान) ल्याउँछ। त्यस बदलामा, उनलाई चट्टानमा बाँधेर सासैभरी पीडा भोग्न बाध्य पारिन्छ। तर मानव जाति उज्यालोमा बाँच्न थाल्छ। प्रोमेथियस नेतृत्वको सर्वोच्च रूप हो- स्वार्थ होइन, जनकल्याणका लागि पीडा सहने साहस।

नेपालमा नेतृत्वको कमी छ- जसले पद होइन, उद्देश्य रोजोस्। नेतृत्वले सुधारकले सत्ता गुमाउन डराउँदैन तर सत्य बोल्न डराउनु हुँदैन। नेपालको राजनीति सिसिफसको ढुंगाजस्तै निरन्तर तल फर्किंदै आएको छ ।

नेपालमा पनि आज त्यही नेतृत्वको कमी छ- जसले पद होइन, उद्देश्य रोजोस्। नेतृत्वले सुधारकले सत्ता गुमाउन डराउँदैन, तर सत्य बोल्न डराउनु हुँदैन। नेपालको राजनीति सिसिफसको ढुंगाजस्तै निरन्तर तल फर्किंदै आएको छ । नेतृत्वको पुनरावृत्ति, विश्वासघात र संस्थागत क्षयका कारण हो तर हरेक पटक ढुंगा तल पुग्दा पनि हामी पुनः माथि धकेल्ने शक्ति राख्छौं। सिसिफसको हाँसो र जनताको शक्तिका बारेमा अल्बर्ट कामुसले भनेका छन्, “One must imagine Sisyphus happy.” किनभने जीवनको अर्थ असफलतामाथि पनि निरन्तर प्रयासमा छ। नेपालका नागरिक पनि हरेक पटक नयाँ आशामा ढुंगामाथि धकेलिरहेका छन्- कहिले आन्दोलनका रूपमा, कहिले चुनावी परिवर्तनका रूपमा। युवाहरूको राजनीतिक चेतना पुनः जागृत हुँदैछ- प्रतिवाद, जनसमीक्षा र वैकल्पिक नेतृत्वका खोजमा। सामाजिक सञ्जालले इन्फर्मेसन डेमोक्रेसी जन्माएको छ, जसले पुराना दलहरूको एकाधिकार तोड्न थालेको छ। यस सन्दर्भमा, सिसिफसको हाँसो एउटा रूपक हो — स्वीकारोक्ति होइन, विद्रोहको प्रतीक। जनताले अब नेतृत्वको असफलतालाई नियति होइन, चुनौतीको रूपमा लिने समय आएको छ।

हामीले पछिल्ला दशकमा धेरै “रावण” हरू देख्यौं – जसले जनताको अधिकार खोसेर, आफ्ना साम्राज्य ठड्याए ।तर अब देशलाई “प्रोमेथियस” चाहिएको छ –
जसले जनतालाई अन्धकारबाट निकाल्नका लागि बलिदान दिन तयार होस् । जसले राजनीतिक आराम होइन, संस्थागत शुद्धीकरण रोजोस्। अहिलेको जस्तो विद्रोह र अन्योलले पक्कै एउटा नेता भेट्ने छ,पशुपतीनाथले साथ दिनु हुनेछ ।

संस्थागत निष्ठा: दण्डहीनताको अन्त्य
नेपालमा दण्डहीनता संस्थागत संस्कृतिमा बदलिएको छ। अपराधी सत्तामा चढ्छ, र इमानदार नागरिक अदालतमा घिसारिन्छ। जब न्यायपालिका राजनीतिक “कोटा” प्रणालीको मञ्च बन्छ, तब संविधानपनि केवल प्रतीक रहन्छ।

अबको बाटो
न्यायिक स्वतन्त्रता – राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै, न्यायाधीशहरूको नियुक्ति पूर्ण पारदर्शिता र योग्यता परीक्षणमार्फत गर्नुपर्छ । नैतिक निगरानी निकाय – उच्च न्यायिक परिषद् वा स्वतन्त्र इथिक्स कमिसन जसले न्यायाधीश, मन्त्री र सांसदहरूको सम्पत्ति तथा आचरणको सार्वजनिक लेखाजोखा गर्नुपर्छ। विशेष अदालतको पुनर्संरचना – ठूला भ्रष्टाचार, नीति दुरुपयोग र गैरकानुनी कमिसन केसहरूलाई ‘फास्ट ट्र्याक कोर्ट’ मार्फत ६ महिनाभित्र फैसला गर्ने व्यवस्था। रामको मर्यादा शासनमा र प्रोमेथियसको साहस न्यायमा- यही संयोजनले दण्डहीनताका पहाडहरू भत्काउन सक्छ।

सुशासनकालागि डिजिटल क्रान्ति: पारदर्शिता नै शक्ति
भ्रष्टाचार ‘सूचनाको अन्धकार’ मा जन्मिन्छ। जब नागरिकले राज्यको आय, व्याय, ठेक्का, बजेट, र कार्यान्वयन देख्न पाउँदैनन्, तब सत्ताधारी र दलाल मिलेर जनताको सम्पत्ति लुट्छन्। त्यसैले अब इ-गभर्नेन्स केवल सुविधा होइन, राष्ट्रिय अनिवार्यता हो।सार्वजनिक खरिद प्रणाली पूर्ण डिजिटल-क्का प्रक्रियामा मानवीय हस्तक्षेपको अन्त्य। ओपन डेटा पोर्टल्स्- नागरिकले राज्यका कामको मूल्यांकन गर्न सक्ने पारदर्शी प्रणाली। सूचना दिने व्यक्तिको संरक्षण कानून – भ्रष्टाचार उजागर गर्ने व्यक्तिको सुरक्षा र प्रोत्साहन।यस्तो डिजिटल सुशासनले शासनलाई “रामराज्य” जस्तो पारदर्शी र जिम्मेवार बनाउँछ । जहाँ राज्य ‘प्रजा’ सँग डराउँछ, प्रजा राज्यसँग होइन।

अर्थतन्त्रको आत्मनिर्भरता : रोजगार र पुनर्जागरण
नेपालको अर्थतन्त्र अहिले ‘रावणकालीन संरचना’ जस्तो छ- विशाल मन्दिर तर आत्मा विहीन मूर्ति छ। उत्पादन छैन, युवा विदेशतिर धकेलिएका छन् र राज्य केवल रेमिट्यान्सको वैशाखीमा टिकेको छ। यस अवस्थामा आर्थिक पुनर्निर्माणका पाँच आधार आवश्यक छन्:
उत्पादनमुखी नीति- कृषि, जलविद्युत, पर्यटन र डिजिटल उद्यममा लगानी।
रोजगार ग्यारेन्टी कोष- स्वदेशमै न्यूनतम आम्दानीको सुरुवाती ग्यारेन्टी र प्राविधिक तालिम।
इएम्इएस र स्टार्टअप प्रोत्साहन- कर छुट, सस्तो ऋण, प्रविधि सहयोग।
वैदेशिक लगानी नियमन- उत्पादनशील र रोजगारी सृजनामा मात्र केन्द्रित।
रोजगार नाप्ने पञ्चवर्षीय योजना- प्रत्येक वर्ष कति रोजगारी सृजना भयो भन्ने सरकारी केपियाई प्रोमेथियसले मानवलाई आगो दियो, नेपालले युवालाई अवसर दिनुपर्छ। अवसरविहीन राष्ट्र सधैं रावणकै साम्राज्यमा बाँधिन्छ।

नेपालको अर्थतन्त्र अहिले ‘रावणकालीन संरचना’ जस्तो छ- विशाल मन्दिर तर आत्मा विहीन मूर्ति छ। उत्पादन छैन, युवा विदेशतिर धकेलिएका छन् र राज्य केवल रेमिट्यान्सको वैशाखीमा टिकेको छ। यस अवस्थामा आर्थिक पुनर्निर्माण आवश्यक छ ।

नेतृत्वको नैतिक पुनर्जागरण र परराष्ट्र सन्तुलन
अब नेतृत्वका लागि सर्वाधिक जरुरी कुरा नैतिक मापदण्ड हो। नेताहुनु केवल बोल्ने होइन, उदाहरण बन्ने हो। त्यसका लागि-सम्पत्ति छानबिन अनिवार्य- पदमुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक। एस्डीजिएस्को स्थानीयकरण- दिगो विकास लक्ष्यहरू स्थानीय बजेटको अङ्ग बन्नु। परराष्ट्र नीति थिंक ट्याङ्क- चीन र भारतसँग सन्तुलित सम्बन्धका लागि दीर्घकालीन राष्ट्रिय सहमति हुनुपर्छ । रामले राज्य र परिवार दुवैमा न्यायको सन्तुलन कायम र नेपालले पनि परराष्ट्र सन्तुलनमा न्याय र आत्मसम्मान खोज्नुपर्छ।

नेपाललाई पछिल्लो ३५ वर्षमा पछाडि धकेल्ने राजनीतिक दुस्मनहरू शक्तिशाली छन् तर उनीहरू अजेय छैनन्। भ्रष्टाचार, दण्डहीनता, कुशासन र स्वार्थको जालो काट्न जनताको जागरण र नेतृत्वको आत्मपरिवर्तन दुवै जरुरी छन्। अब समय आएको छ कि हामी रावणहरूलाई हरेक वर्ष जलाउने मात्र होइन,हाम्रो संस्थाहरूबाट पनि उनीहरूको छाया मेटाउने संकल्प गरौं।
र प्रत्येक नागरिक प्रोमेथियस बनेर आफ्नो हिस्साको उज्यालो जनतासँग बाँडोस्। त्यो दिन नेपालको पुनर्जन्म हुनेछ । जहाँ शक्ति होइन, शुद्धता शासन गर्छ । जहाँ पद होइन, कर्तव्य पवित्र ठानिन्छ। यही हो हाम्रो नयाँ राजनीतिक मुक्ति ।दण्डहीनतामाथि विजय, भ्रष्टाचारमाथि प्रहार र आत्मनिर्भर नेपालको पुनर्निर्माण।
(सार्वजनिक नितिमा विद्यावारिधि गरेका लेखक समसामयिक राजनीतिमा कलम चलाउँछन्।)

References
Aristotle. (350 BCE). Politics.
Camus, A. (1942). The Myth of Sisyphus. Gallimard.
Machiavelli, N. (1532). The Prince. Florence: Antonio Blado d’Asola.
OECD. (2023). Governance and Anti-Corruption Strategies. Paris: OECD Publishing.
UNDP. (2022). Human Development Report: Governance for the Future.
World Bank. (2024). Digital Governance in Developing Nations.

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ३५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न