नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम  « Khabarhub

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएको छ । 

आइतबार संघले एक विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र मागहरू पूरा नभए इमर्जेन्सीबाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

संघले ४८ घण्टाभित्र मागहरू सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने जनाएको छ । 

‘४८ घण्टाभित्र हाम्रो मागहरू सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूमा देशव्यापी ठप्प पार्ने घोषणा गर्दछौँ,’ संघले भनेको छ । 

संघले आन्दोलनमा उत्रिसकेका नर्सहरूलाई कुनै प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिनसमेत सचेत गराएको छ । 

संघले १५ कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको बैंठकमा सरकारीसरह न्यूनतम पारिश्रमिकलगायत अन्य सेवा सुविधा सुनिश्चितता गर्ने सहमति भएको थियो । 

तर, अन्य बुँदाहरूमा सहमति नभएको भन्दै आन्दोलनरत नर्सहरू नेपाल नर्सिङ संघको कार्यालय घेराउ गरेका थिए । 

त्यसपछि आइतबार नेपाल नर्सिङ संघ र आन्दोलनरत नर्सहरुबीच आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने सहमति भएको थियो । 

सोही सहमतिअनुसार संघले ४८ घण्टाभित्र आन्दोलनरत नर्सका मागहरू सम्बोधन गर्न अल्टिमेटम दिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : २३ बजे

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा