मनोचिकित्सक डा. विपुल भन्छन्– फेसबुकमा लाइकको होडबाजीले डिप्रेशनको खतरा « Khabarhub

मनोचिकित्सक डा. विपुल भन्छन्– फेसबुकमा लाइकको होडबाजीले डिप्रेशनको खतरा


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालबालिका हुन् वयस्क नै किन नहुन्, उनीहरु धेरै समय सोसल मिडियामा समय बिताउँदै आएका छन् । यदि अर्काको पोस्टमा धेरै लाइक्स वा कमेन्ट देखेर इश्र्या लाग्छ भने डिप्रेसनको संकेत गर्ने मनोचिकित्सकहरु बताउँछन् । त्यसैले यसतर्फ समयमै सचेत हुनु जरुरी छ ।

अरुको फेसबुक पोस्टमा लाइक्स र कमेन्ट धेरै आएको देखेर तपाईलाई जलन हुन्छ ? जब आफ्नो पोस्टमा तुलनात्मकरुपमा कम कमेन्ट आएको ठिक लाग्दैन ? यस्तै समस्याको समाधानका लागि फेसबुकले लाइक अप्सन लुकाउने भएको छ ।

हालै सार्वजनिक भएको एक समाचार अनुसार फेसबुकले अफिसियल युजर्सको पोस्टमा लाइक्स एकाउन्टको हाइड गर्ने प्रक्रिया शुरु गरिसकेको छ । यो सबैभन्दा पहिले अस्ट्रेलियाको प्लेटफर्मबाट शुरु गरिएको छ ।

यसपछि पोस्ट गर्ने युजरले मात्र आफ्नो लाइक र रियाक्सन देख्न सक्नेछ भने अरुलाई नदेखाउने गरी लुकाइनेछ । तर म्यूचुअल फ्रेण्डलाई रियाक्सनको आइकन भने देखिनेछ । यही तरिकाले बाँकी यूजरहरुले अरुको पोस्टमा आउने लाइक्स कतिआयो भनेर देख्न पाउने छैनन् । यसले धेरै लाइक्सको होडबाजी कम गर्न मद्दत पुग्ने फेसबुकले जनाएको छ ।

यसका साथै बाँकी फेसबुक युजरहरुको पोस्टमा आउने कमेन्टको संख्या, भिडियोहरुको भ्यूज संख्या पनि देख्न पाउने छैनन् । फेसबुकले यस बारेमा बताएको छ– ‘हामी चाहँदैनौ कि फेसबुकमा आउने लाइक्सको कम्पिटिसन या प्रतिस्पर्धा होस् । यो एउटा परीक्षण हो, यसबाट केही नयाँ फम्र्याट पक्कै अपनाइने छ ।’

मेदान्त अस्पतालका मनोचिकित्सक डाक्टर विपुल रस्तौगी भन्छन्– ‘सोसल साइटहरुका लाइक सिस्टमका कारण प्रयोगकर्ता डिप्रेसन जस्ता रोगको सामना गरिरहेका छन् ।’

उनका अनुसार सामाजिक सञ्जाल युजरहरुले लाइक र कमेन्टलाई आफ्नो आत्मविश्वास ठान्छन् । कम लाइक आउँदा उनीहरुलाई डिप्रेसन हुनसक्ने देखिन सक्छ । केहीले यस्तो अवस्थालाई निकै दुःखदायी क्षण समेत मान्छन् । यस्तो सोच बनाउने त्यस प्रकारका मानिसहरु हुन्छन् जो पहिले देखि नै आत्मविश्वास बलियो पार्न सक्दैनन् ।

उनी भन्छन्, ‘त्यस्ता मानिसहरु जो सानातिना कुराहरुमा पनि झन्झट व्यहोरिरहेका हुन्छन् । हीनतावोध गरिरहेका हुन्छन । आफूलाई निकै कमजोर ठानिरहेका हुन्छन् । उनीहरुका लागि लाइक हटाउने अप्सनले राहत मिल्नेछ । यसले उनीहरुको आत्मविश्वास बढाउने काम गर्नेछ ।’

फेसबुकको लाइक सिस्टमका कारण फाइदा भन्दा नोक्सानी बढी रहने तर्क गर्छन् उनी । त्यसैले पनि फेसबुकले यसलाई बन्द गर्ने सोच बनाएको हुनुपर्छ ।

समाजशास्त्री आनन्द कुमार भन्छन्, ‘समाजमा दोस्रो व्यक्तिबाट आफ्नो प्रशंसा सुन्न खोज्ने मानवीय स्वभाव हो । फेसबुकका माध्यमबाट एक नयाँ अप्रत्यक्ष संसार खुलेको हो, जहाँ मानिसहरु अपरिचित मानिससँग जोडिएर प्रसंशाको आशा राख्छन् । यसको मतलब उनीहरु आफ्ना पोस्टहरुमा अधिक लाइक्स र कमेन्टको अपेक्षा राख्छन् ।’

‘चाहे बालबालिका हुन् या वृद्धवृद्धा नै किन नहुन् । यस्तो अवस्थामा उनीहरुको सम्बन्धमा दरार पैदा हुने स्थिति सिर्जना हुन्छ । उनीहरुमा अरु केही चाहिदैन लाइक र कमन्ट भए पुग्ने स्थिति समेत आउँछ । अरुले आफ्नो पोस्टमा लाइक नगरे उनीहरुमा क्रोध पैदा हुन्छ । उनीहरुको यस्तो स्वभाव हुन्छ कि सानातिन कुराले उनीहरु खुशी पनि हुन सक्छन, तर त्यही साना तिना कुराबाटै उनीहरुको मनमा रिस–राग पैदा हुने गर्छ । त्यसैले यस्ता मानिसहरुका लागि फेसबुक गतिलो र उपयुक्त माध्यम होइन ।’

उनी भन्छन्, ‘फेसबुकबाट घट्ने कुनै पनि अप्रिय घटनाहरुको दोष फेसबुकले लिन चाहँदैन । जसका कारण उसले यो कदम उठाएको हुनुपर्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : २२ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना