रेअर अर्थ तत्वमा चीनमाथिको निर्भरता अन्त्य गर्ने ईयूको प्रयास « Khabarhub

रेअर अर्थ तत्वमा चीनमाथिको निर्भरता अन्त्य गर्ने ईयूको प्रयास


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रेअर अर्थ तत्वहरुमा चीनमाथिको निर्भरता अन्त्य गर्ने दिशामा युरोपेली युनियनले काम गरिरहेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले बताएकी छिन् । चीन यस्ता तत्वको सबैभन्दा ठूलो उत्पादक एवम् निर्यातक हो ।

यस्ता तत्वहरु स्मार्टफोन, विद्युतीय सवारी र सैन्य प्रविधिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । चीनले गत अप्रिल महिनामा यस्ता पदार्थको निर्यातका लागि नयाँ अनुमतिपत्रको व्यवस्था गरेको थियो ।

चीनको यस कदमपछि विश्व उत्पादन क्षेत्रमा झट्का लागेको थियो । यसै महिना चीनले यस्तो पदार्थको निर्यातमा थप कडाइ गरेको थियो । अमेरिकासँगको जारी व्यापार तनावमा आफ्नो पक्ष मजबुत बनाउन चीनले यस्तो कदम चालेको जनाइएको छ ।

युरोपेली युनियनले यस्तो कडाइका कारणले गर्दा ठूलो आर्थिक क्षति भोग्नुपर्ने अवस्था आउने बताएको छ । बर्लिनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भोन डेर लायनले चीनसँगै मिलेर युरोपले छोटो समयका लागि समाधान खोज्ने प्रयत्न गरिरहेको बताइन् ।

उनले यस्ता पदार्थको सन्दर्भमा युरोप निकै जटिल परिस्थितिमा रहेको बताउँदै वैकल्पिक स्रोतको सञ्चितिमा लाग्न बाध्य भएको टिप्पणी गरेकी छिन् ।

उनले यस्तो चुनौतीको सामना गर्न संरचनागत परिवर्तन आवश्यक रहेको पनि उल्लेख गरिन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।