ईयूद्वारा चीन र हङकङका तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा « Khabarhub

ईयूद्वारा चीन र हङकङका तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसको युद्धमा सहयोग पुर्‍याएको भन्दै युरोपेली युनियन ईयूले मुख्यभूमि चीनका दुई तेल प्रशोधनकर्ता र हङकङको एउटा तेल व्यापारी संस्थामाथि प्रतिबन्ध लगाएको छ । रुसको युद्ध अर्थतन्त्रलाई निरुत्साहित गर्ने पछिल्लो कदमस्वरुप ईयूले यस्तो घोषणा गरेको हो ।

ती संस्थामाथि प्रतिबन्ध लगाउन ईयूका सबै २७ मुलुक सहमत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । पछिल्लो कदमसँगै हालसम्म ईयूले चीन वा हङकङका १५ वटा संस्थामाथि प्रतिबन्ध लगाइसकेको छ ।

ईयूको यस कदमको चीनले भने चर्को आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै हालसम्म चीनले युद्धरत कुनै पनि पक्षलाई घातक हतियार उपलब्ध नगराएको स्पष्ट पारेको छ । दोहोरो प्रयोग हुने वस्तुको निर्यात नियन्त्रणमा चीन प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।

अमेरिका र युरोपसहित विश्वका अधिकांश मुलुकहरुले रुससँगको व्यापारलाई निरन्तरता दिइरहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ३४ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज