‘चीनले रुसलाई गुप्तचरी सूचना दियो’ « Khabarhub

‘चीनले रुसलाई गुप्तचरी सूचना दियो’


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई चीनले गुप्तचरी सूचना दिँदै आएको युक्रेनी अधिकारीले दाबी गरेका छन् । युक्रेनभित्र क्षेप्यास्त्र आक्रमण गर्नका लागि चीनले रुसलाई गुप्त सूचना दिने गरेको युक्रेनी गुप्तचर अधिकारीले दाबी गरेका हुन् ।

युक्रेनको वैदेशिक गुप्तचर निकायका अधिकारी ओलेह अलेक्जान्ड्रोभले यस्तो दाबी गरेका हुन् । युक्रेइन्फोर्म समाचार संस्थासँगको कुराकानीमा अलेक्जान्ड्रोभले रुसलाई चीनले भू उपग्रह सूचना दिने गरेको बताए ।

उनले रुस र चीनबीच उच्च तहको सहकार्य रहेको पनि देखा परेको जनाए । आक्रमणका लागि लक्ष्यको पहिचान र निगरानी गर्न भू उपग्रह निगरानीमा दुई मुलुकबीच उच्च तहको सहकार्य रहेको उनको दाबी छ ।

उनले पछिल्लो समय चीनको सहयोगमा रुसले युक्रेनमा रहेका विदेशी लगानीको क्षेत्रमा पनि आक्रमणलाई बढाएको दाबी गरे । गत अगस्ट महिनामा रुसले युक्रेनको जकारपत्तिया क्षेत्रमा रहेको अमेरिकी लगानीमा स्थापित कारखानालाई निशाना बनाएर क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

त्यसैगरी, अप्रिल महिनामा पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई चीनले बारुद र हतियार आपूर्ति गरिरहेको जनाएका थिए । उनले आफ्नो सरकारसँग चीनले रुसी भूमिमा हतियार उत्पादन गरिरहेको जानकारी रहेको पनि दाबी गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : १६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले