‘चीनले रुसलाई गुप्तचरी सूचना दियो’ « Khabarhub

‘चीनले रुसलाई गुप्तचरी सूचना दियो’


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई चीनले गुप्तचरी सूचना दिँदै आएको युक्रेनी अधिकारीले दाबी गरेका छन् । युक्रेनभित्र क्षेप्यास्त्र आक्रमण गर्नका लागि चीनले रुसलाई गुप्त सूचना दिने गरेको युक्रेनी गुप्तचर अधिकारीले दाबी गरेका हुन् ।

युक्रेनको वैदेशिक गुप्तचर निकायका अधिकारी ओलेह अलेक्जान्ड्रोभले यस्तो दाबी गरेका हुन् । युक्रेइन्फोर्म समाचार संस्थासँगको कुराकानीमा अलेक्जान्ड्रोभले रुसलाई चीनले भू उपग्रह सूचना दिने गरेको बताए ।

उनले रुस र चीनबीच उच्च तहको सहकार्य रहेको पनि देखा परेको जनाए । आक्रमणका लागि लक्ष्यको पहिचान र निगरानी गर्न भू उपग्रह निगरानीमा दुई मुलुकबीच उच्च तहको सहकार्य रहेको उनको दाबी छ ।

उनले पछिल्लो समय चीनको सहयोगमा रुसले युक्रेनमा रहेका विदेशी लगानीको क्षेत्रमा पनि आक्रमणलाई बढाएको दाबी गरे । गत अगस्ट महिनामा रुसले युक्रेनको जकारपत्तिया क्षेत्रमा रहेको अमेरिकी लगानीमा स्थापित कारखानालाई निशाना बनाएर क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

त्यसैगरी, अप्रिल महिनामा पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई चीनले बारुद र हतियार आपूर्ति गरिरहेको जनाएका थिए । उनले आफ्नो सरकारसँग चीनले रुसी भूमिमा हतियार उत्पादन गरिरहेको जानकारी रहेको पनि दाबी गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : १६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा