मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी « Khabarhub

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले कांग्रेस संस्थापन पक्षतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । उनले एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट पारेका हुन् ।

नेता भण्डारीले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न मिल्दैन ।’

पछिल्लो समय देशमा देखा परेका राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन ।’

कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइसकेकाले यसलाई रोक्न नहुनेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : १४ बजे

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव