देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु « Khabarhub

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।

नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पिठाधीश रमणानन्द गिरीजी महाराजले उद्‌घाटन गरेका हुन् । बिहान ७ बजे वेणीबाट सुरु भएको परिक्रमा महोत्सव चितवनको बागेश्वरी हुँदै हरिहर मन्दिरको बाटो भएर गैँडाकोट पुग्नेछ । गैँडाकोटमा रहेका धार्मिकस्थल चक्रवर्ती तीर्थ मन्दिर हुँदै पुनः देवघाटमा आएर समापन हुनेछ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बरालका अनुसार दिउँसो ३ बजेसम्ममा परिक्रमा सम्पन्न हुनेछ । २७.५ किलोमिटर लामो पैदल यात्रामा सन्त, महन्थ, भक्तजनलगायत तीन हजार हाराहारीको सहभागिता रहेको उनले जानकारी दिए ।

तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको छ ।

चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारायणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरी बिहान सवा ११ बजे गैँडाकोटतर्फ लागेको छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साढेबगर बौद्ध गुम्बा, भूबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको क्षेत्र विकास समितिका सदस्य चन्द्रमित्र पण्डितले जानकारी दिए ।

यो पाँचौँ संस्करण हो । हरेक वर्षको बैकुण्ठ चतुर्दशीमा यो महोत्सव गर्ने गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको पण्डितले बताए ।

महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल र्‍यालीसमेत गरिएको थियो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ११ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक