स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने « Khabarhub

स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि चीनका राजदूत चेन सङ बीच शिष्टाचार भेटवार्ता भएको छ । 

सोमवार स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका विषयमा विशेष रूपमा कुराकानी गरिएको थियो । 

त्यसैगरी परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपत्कालीन स्वास्थ्य सेवा सुदृढीकरण, र नेपालमै अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने विषयमा समेत छलफल भएको  छ।

भेटका क्रममा मन्त्री गौतमले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण र कोभिड–१९ महामारीका समयमा चीन सरकारले प्रदान आएको निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : १९ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन