जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस् « Khabarhub

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थीबीचको एकताबाट समाजवादी क्रान्तिको वातावरण बनेको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले जेन-जी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए ।

विभिन्न ९ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गरेका नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गरे । ‘तपाईं (जनार्दन) ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ,’ दाहालले भने ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गरे ।

वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उनले विश्वास जनाए ।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गरे । त्यहि आवश्यकता पूरा गर्न विभिन्न नौ वाम घटकबीच एकता घोषणा हुन लागेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : १३ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन