किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’  « Khabarhub

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमा फर्कन लागेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग एकता गर्न लागेको र घनश्याम भुसालले नयाँ पार्टी बनाउने तयारी गरेको बताए ।

ती दुवै धारमा नलागी आफूहरू भने आफ्नो ‘पुरानो घर’ एमालेमै फर्कने निर्णयमा पुगेको स्पष्ट गरे।

‘हामी एमाले प्रवेश गर्न लागेको होइन, घर फर्कन लागेको हौँ। हाम्रो पसिना बगेको, जीवन अर्पण गरेको पार्टी एमाले नै हो,’ उनले भने ।

श्रेष्ठले एमालेमा फर्कँदा कुनै पदको आशा नभएको समेत बताए । ‘हामी वार्ता र संवादमा छौँ, तर पद वा सशर्त फर्कने होइन, निसर्त घर फर्किन्छौँ। हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ।’

उनले माओवादीमा जाने तयारीमा रहेका माधव नेपाल र नयाँ पार्टी घोषणा गर्न लागेका घनश्याम भुसाललाई पनि शुभकामना दिए । विगतका गल्ती र असमझदारी भुलेर फर्कन सहज वातावरण बनाउन एमाले नेतृत्वसँग आग्रह गरे ।

‘हामीलाई विनाशर्त घर फर्कने वातावरण बनाइदिनुहोस्,’ उनले अनुरोध गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : ११ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट