चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का | Khabarhub Khabarhub

चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्ताको मिति स्थगित गरिएको छ ।

राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन ।

शेनझोउ–२० नामक मिसनअन्तर्गत रहेका ती तीन जना अन्तरिक्ष यात्रीहरू टोलीका नेता चेन डोङ, लडाकू पाइलट चेन झोङरुई र इन्जिनियर वाङ्ग जी गत अप्रिलमा तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा प्रस्थान गरेको थियो । अहिले उनीहरूले आफ्नो करिब छ महिनाको कक्षीय मिशन पूरा गर्न लागेका छन् ।

यसैबीच, नयाँ टोली लिएर गएको शेनझोउ–२१ मिसन शनिबार सफलतापूर्वक तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा डक भएको छ । नयाँ टोलीले शेनझोउ–२० का अन्तरिक्ष यात्रीहरूको स्थान ग्रहण गर्नेछ ।

चीनले सन् २००३ मा पहिलो पटक आफ्ना नागरिकलाई अन्तरिक्षमा पठाएपछि निरन्तर प्रगति गर्दै आएको छ । आज चीनले आफ्नै स्थायी अन्तरिक्ष स्टेशन निर्माण गरी नियमित रूपमा मानवयुक्त मिशन सञ्चालन गरिरहेको छ ।

यससँगै, चिनियाँ अन्तरिक्ष निकायले सन् २०३० भित्र व्यक्तिलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य पनि तय गरेको छ ।

यो पछिल्लो ढिलाइलाई चिनियाँ अधिकारीहरूले सावधानीका रूपमा लिएका छन् । सम्भावित भग्नावशेषको प्रभावको सम्पूर्ण मूल्याङ्कन गरेपछि मात्र अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइने बताइएको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : १८ बजे

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन, सरसफाइमा कमजोरी 

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै