रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ « Khabarhub

रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भएको उल्लेख गर्दै अब सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन् ।

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिए पनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफूहरूको अध्याय टुंगिएको उनले बताइन् ।

झाँक्रीले अहिले आफूहरू पार्टीविहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन् । अहिलेको एकता प्रक्रियाले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन् । 

उनले फरक–फरक बिचार राख्ने दलहरू एकैठाँउ आउँदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन् ।

त्यस्तै एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्तरुपमा मूलघर फर्किन लागेको बताए । जीवन अर्पण गरेको पार्टी एमाले भएकाले एमालेमा प्रवेश नभई घर फर्कने अभियानमा जुटेको उनले बताए । 

उनले एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै स–सम्मान फर्कने वातावरण बनाइदिन एमाले नेतृत्वलाई आग्रह समेत गरे । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : २८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको