बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’ | Khabarhub Khabarhub

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका नयाँ मेयर निर्वाचित भएका छन्। उनले ५०.४ प्रततिशत मतसहित जित निकालेका छन् ।

पूर्वगभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्र्यू क्योमो ४१ प्रतिशत (करिब ८.५ लाख मत) सहित दोस्रो भए। रिपब्लिकन पार्टीका कर्टिस स्लिभा ७.१ प्रतिशत (करिब १.४५ लाख मत) सहित तेस्रो स्थानमा रहे।

फिल्म निर्देशक मीरा नायरका छोरा ममदानी पछिल्ला १०० वर्षमा न्यूयोर्कका सबैभन्दा कान्छा, पहिलो भारतवंशी र पहिलो मुस्लिम मेयर बनेका छन्।

ट्रम्पलाई चेतावनी

मेयरमा विजयी भएपछि ममदानीले जनतालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा सन्देश दिएका छन् ।

उनले न्यूयोर्क जन्माएका ट्रम्पलाई त्यही सहरले हराउने चेतावनी दिए । ‘जुन सहर (न्यूयोर्कले) ट्रम्पलाई जन्मायो, त्यसले नै अब देशलाई देखाउनेछ, उनलाई कसरी हराइन्छ’, उनले भने, ‘डोनाल्ड ट्रम्पज्यू, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ। मसँग तपाईंका लागि चार शब्द छन् -‘आवाज थोरै बढाउनुहोस्।’

जित्नेबित्तिकै ट्रम्पमाथि निशाना साँधेका उनलाई बिल क्लिन्टन दम्पतीले बधाई दिएका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टनले ममदानीलाई बधाई दिँदै भने, ‘ममदानी, तपाईंको अभियानको जोश र दृष्टि न्यूयोर्कलाई सबैका लागि न्यायपूर्ण र सहज सहर बनाउने दिशामा उपयोग होस्।’

पूर्व विदेशमन्त्री हिलेरी क्लिन्टनले पनि लेखिन्,‘यो वर्ष न्यूयोर्क सिटिमा गत ५० वर्षकै भन्दा बढी मतदाता सहभागी भए । यो लोकतन्त्रको जित र ममदानीको प्रेरणादायी अभियानको नतिजा हो।’

वरमोन्टका सिनेटर बर्नी स्यान्डर्सले ममदानीको जितलाई ऐतिहासिक भनेका छन् । ‘केवल १ प्रतिशत समर्थनबाट सुरु गरेर उनले आधुनिक अमेरिकी राजनीतिमा सबैभन्दा ठूलो विजयमध्ये एक हासिल गरेका छन्।’

स्यान्डर्सले अगाडि थपे, ‘अब हामी यस्तो सरकार बनाउन सक्छौं जसले धनी १ प्रतिशतका लागि होइन, मेहनती जनताको पक्षमा काम गर्छ।’

ममदानीले के भने ?

उनले सम्बोधनका क्रममा आफ्नो जितलाई श्रमिक वर्गमा समर्पित गरे । ‘यो जित सबै न्यूयोर्करहरूको हो-ट्याक्सी चालकदेखि लिएर होटलमा खाना बनाउने श्रमिकसम्म’, उनले भ ने ।

उनले प्रतिद्वन्द्वी कुओमोप्रति व्यङ्ग्य गरे । ‘हामीले एउटा राजनीतिक वंशलाई हरायौं। म उनलाई निजी जीवनका लागि शुभकामना दिन्छु, तर आज अन्तिमपटक उनको नाम उच्चारण गर्दैछु’, उनले भने ।

उनले अमेरिकामा आशा अझै बाँकी रहेको बताउँदै जनताले विभाजन होइ, एकता चाहेको बताए । ‘जनताले विभाजन होइन, एकता र परिवर्तन रोजेका छन्। आज हामीले डरको जवाफ दिएको छौँ । हामीले आशा अझै जीवित छ भन्ने प्रमाणित गरेका छौं।’

ओबामाले के भने ?

पूर्व राष्ट्रपति बराक ओबामाले सबै डेमोक्र्याट उम्मेदवाहरूलाई बधाई दिएका छन् । ‘सबै डेमोक्र्याट उम्मेदवारहरूलाई बधाई। जब हामी एकताबद्ध भएर भविष्यका लागि सोच्ने नेताहरूसँग अघि बढ्छौं, तब विजय सम्भव हुन्छ’, उनले भने ।

न्यूयोर्कमा ५५ वर्षपछि रेकर्ड मत

बोर्ड अफ इलेक्शनका अनुसार यस पटक मेयरको चुनावमा २० लाखभन्दा बढी मतदाता सहभागी भए । सन् १९६९ पछि यो सबैभन्दा उच्च मतदान हो।

ट्रम्पले यसो भने

उता राष्ट्रपति ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसल प्रतिक्रिया दिएका छन् । उनले ममदानीलाई हराउन खुलेर लागे पनि असफल भए । ममदानीलाई जिताए न्यूयोर्कको बजेट काटिदिने समेत धम्की उनले दिएका थिए ।

‘रिपब्लिकन साथीहरू, काममा फर्क! फिलिबस्टर नियम अन्त्य गर र नयाँ कानून पास गर’, उनले भनेका छन् ।

ट्रम्पले मेयर चुनावअघि आफ्ना समर्थकहरूलाई स्वतन्त्र उम्मेदवार क्योमोलाई समर्थन गर्न अपिल गरेका थिए। तर उनको पक्षमा नतिजा गए ।

को हुन् ममदानी ?

राजनीतिमा आउनुअघि ममदानी ‘मिस्टर कार्डामम’ नामले हिप-हप र्यापर थिए। उनको चर्चित गीत कांडा युगाण्डामा भाइरल भएको थियो।

सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । सन् २०२० मा न्यूयोर्क स्टेट असेम्बलीका सदस्य बने। उनले सुलभ आवास, निःशुल्क सार्वजनिक यातायात र न्यूनतम तलब ३० डलर प्रतिघण्टा गर्ने प्रस्तावजस्ता मुद्दा उठाएका थिए।

ट्रम्पले भने, ‘पागल कम्युनिस्ट’

ट्रम्पले ममदानीलाई ‘क्रेजी कम्युनिस्ट’ भन्दै आक्रमण गरेका थिए । उनले यदि उनी विजयी भए न्यूयोर्क सहरको फन्डिङ रोकिने चेतावनी दिएका थिए ।

ममदानी डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका (डीएसए) गुटसँग सम्बन्धित छन्, जसले ठूला कम्पनी र धनी वर्गका नीतिको विरोध गर्छ।

न्यूयोर्कको महत्व

न्यूयोर्क सिटीलाई अमेरिकाको आर्थिक मुटु मानिन्छ। यसको वार्षिक जीडीपी २.३ ट्रिलियन डलर छ । जुन भारतको कुल जीडीपीको आधाभन्दा बढी हो।

यहाँको मेयरले प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्र नियन्त्रण गर्छन्। त्यसैले यो पद अमेरिकाको सबैभन्दा प्रभावशाली राजनीतिक कुर्सीमध्ये एक मानिन्छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : २८ बजे

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र