व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक « Khabarhub

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आक्रमण गरेका छन् ।

उक्त कुराबारेको जानकारी नेपाल शिक्षक महासङ्घ ईन्द्रावती गाउँपालिका कार्यसमितिले बुधबार वक्तव्य नै निकालेर दिएको हो । घटनाको महासघंले कडा निन्दा गरेको छ।

महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पालिकाको वडा नं. १ का वासिन्दा तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश (खाम्सोङ) तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको जनाएको छ। उक्त आक्रमणमा संलग्न तामाङलाई महासंघले कानुनी कारबाहीको माग गरेको छ।

यही मंगलबार मध्यान्ह विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा तामाङले भण्डारीमाथि गालीगलौज र बेइज्जती गर्दै आँखा र गालामा चोट पुग्ने गरी आक्रमण गरेका खुलेको छ।

महासङ्घले सो घटनालाई निन्दनीय र अमानवीय भन्दै आपत्ति जनाएको छ । ‘यस घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ। ढिलाइ भएमा महासङ्घ कुनै पनि मूल्य चुकाउन तयार छ’, महासंघले भनेको छ।

विज्ञप्तिमा महासङ्घका अध्यक्ष विनुमहादुर थापा, उपाध्यक्ष नवराज घरेल र सचिव कृष्णप्रसाद श्रेष्ठले संयुक्त वक्त्वय निकालेर प्रधानाध्यापक भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै शिक्षकमाथिको आक्रमण रोक्न सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ४२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको