मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ « Khabarhub

मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन जस्तै पार्टीभित्र पनि विद्रोह हुने चेतावनी दिएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले नेताहरूले जनताको भावना बुझ्न नसक्दा विद्रोह हुने अवस्थामा पुगेको बताएका हुन्।

‘केन्द्रीय समितिको बैठकमा नबोलौँ भन्ने थियो। यति चाहिँ भन्छु- पार्टीमा विद्रोह हुन्छ जसरी देशमा भयो’, उनले भने। अमात्यले पार्टीको महाधिवेशन सकेर मात्रै फागुन २१ गतेको चुनावमा जानुपर्ने बताए।

‘चुनावअघि नै महाधिवेशन गरौँ। महाधिवेशन रोकेर चुनावमा किन जाने ? लोकतान्त्रिक पार्टी भन्ने अनि महाधिवेशन पर पर धकेल्ने?,’ उनले सोधे, ‘महाधिवेशनमा सभापति हुने कांग्रेसी नै हो, म हुने होइन। ओली र प्रचण्ड पनि हुँदैनन्। कांग्रेस कहिल्यै एक ढिका थिएन र हुन सक्दैन ।’

अमात्यले पार्टीमा व्यक्तिको दास भएर बस्न नसक्ने बताएका छन्। ‘म सभापतिलाई आदार गर्छु तर दासत्व स्वीकार्न सक्दिनँ’, उनले भने।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ०५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट