काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री « Khabarhub

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।

बुधबार सञ्चारमन्त्री खरेलले काठमाडौंको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका निःशुल्क इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।

उनले दुई महिनाभित्र काठमाडौंका संवेदनशील तथा अत्यावश्यक स्थानमा निःशुल्क इन्टरनेट सेवाको प्रतिबद्धता अनुसार डेढ महिनाको अवधिमा १९ वटा स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु भइसकेको जानकारी दिए  ।

स्वयम्भूको यातायात कार्यालयदेखि एकान्तकुना हुँदै भक्तपुरको यातायात कार्यालयसम्म पनि निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा उपलब्ध गराउन काम भइरहेको उनले बताए ।

उनले सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिए ।

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए  । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ११ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट