स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । 

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीइसीडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।  

मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र ईडीइसीडीको निर्देशक पदमा डा रोशन न्यौपानेलाई सरुवा गरिएको छ ।  

यसैगरी डा पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा भएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २८ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट