अझै रोकिएन ताप्लेजुङमा हिमपात : शव काठमाडौं ल्याउन समस्या « Khabarhub

अझै रोकिएन ताप्लेजुङमा हिमपात : शव काठमाडौं ल्याउन समस्या


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव प्रतिकूल मौसमका कारण काठमाडौं ल्याउन कठिनाई भइरहेको छ।

दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ राखिएपनि मौसमका कारण उडान हुन नसक्दा ल्याउन कठिनाई भइरहेको छ ।

सुकेटार विमानस्थल परिसरमा रहेका होलट व्यवसायी ओम राईका अनुसार अहिले सुकेटार क्षेत्रमा हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण कुनै उडान भर्न सक्ने अवस्था नरहेको राईले खबरहवलाई जानकारी दिए ।

मौसममा सुधार हुने वित्तिकै शवलाई काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : २९ बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार