जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान « Khabarhub

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जने-जी आन्दोलनका क्रममा भाद्र २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए । यद्यपि लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आएका छन् ।

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ५६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै