शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध « Khabarhub

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि भने देशका विभिन्न स्थानमा हुरीसहित ठूलो वर्षा हुने सम्भावना छ।

महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान छ।

यस्तै, मधेस तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ। यसको प्रभाव बुधबारदेखि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।

मौसम प्रणालीका कारण देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

ठूलो वर्षाको सम्भावनासँगै बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम समेत बढ्ने महाशाखाले जनाएको छ। सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर तथा कृषि विज्ञको सुझावअनुसार काम गर्न आग्रह गरिएको छ।

यसैगरी, हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ८ : ०९ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी