जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने | Khabarhub Khabarhub

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले जेन-जी आन्दोलनपछि सञ्चालन हुन नसकेको प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए ।

सो सर्वदलीय बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य खेमादेवी विष्ट र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य पमदबहादुर शाहीको उपस्थिति थियो ।
 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई