कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै « Khabarhub

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै छन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार दोहा पुगेका राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि राष्ट्रपतिले सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ३१ बजे

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा

एक भुक्तभोगीको अख्तियारलाई प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?

काठमाडौं– अख्तियार सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको

जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार

क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा