चिच्च्याएर वर माग्ने पाल्पाको सत्यवती मेला (तस्बिरहरू) « Khabarhub

चिच्च्याएर वर माग्ने पाल्पाको सत्यवती मेला (तस्बिरहरू)


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलामा ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र चिच्च्याएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ ।

पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेला अन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो । मेला १५ गतेदेखि नै चले पनि मंगलबार बेलुकीदेखि बुधबार बेलुकीसम्म श्रद्धालुको भीड लागेको थियो । यहाँको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार २४ घण्टामा १ लाख ५० हजार भन्दा बढी श्रद्धालुले यसपटक सत्यवती बज्यैको दर्शन गरेका छन् ।

सत्यवती मेलामा पाल्पाबाहेक छिमेकका रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा साथै कास्की, बुङ्लुङ्ग, काठमाडौ, तनहुँ, चितवनबाट श्रद्धालु आउने गर्छन् ।

यसबाहेक छिमेकी मुलुक भारतका गोरखपुर, सुनौली, नौतुना, बस्ती, नौगढसम्मबाट सत्यवती ताल र यहाँ रहेकी बहिरी बज्यैको दर्शन गर्न, मेला भर्न र भाकल पूराहुनेहरू भाकल अनुसारको बोका, कुखुरा लिएर आउने गर्छन् ।

धार्मिक पर्यटकीय स्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्च्याएर वर माग्दा पुग्ने जनविश्वास रहेको छ । तालको वरपरको क्षेत्रमा बज्यै उत्पत्ति भएको विश्वास छ । कानले नसुन्ने भएकाले बज्यैलाई चिच्याएर वर माग्ने चलन रहेको जनविश्वास छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ५२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै