उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ « Khabarhub

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री शाहले ग्यास वितरणमा समस्या देखिएपछि गुनासो सम्बोधन तथा सहजीकरणका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको र अव क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी समेत गरे ।

आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण र रिफिलिङको समस्या, डिलरहरूको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाइ, कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी भएका कारण ग्यासमा अभाव देखिएको मन्त्रालयको निष्कर्ष रहेको उनले बताए । 

उनले बढ्दो माग र चाडपर्वलाई लक्षित गरी ३ महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारत सरकारसँग औपचारिक पत्राचार गरिएको जानकारी दिए ।

मन्त्री साहले आपूर्ति व्यवस्थालाई दिगो बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरी आवश्यक मार्गनिर्देशन तयार गर्न लागिएको उल्लेख गरे ।

दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास र वैकल्पिक समाधानका लागि नीतिगत योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई औपचारिक पत्राचार गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ३ : ३८ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा