त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो « Khabarhub

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ।

पहिलो किस्ता तिरेपछि कात्तिक ४ गते विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।

त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : ४३ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक