धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल « Khabarhub

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताएका छन् ।

अध्यक्ष ढकालले मानव जातिका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताए  । उनले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको उल्लेख गरे । 

मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञको आज उद्घाटनपछि अध्यक्ष ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताए । उनले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए । 

“मानवीय भावनाको पुण्यकार्यमा सबैको सहयोग रहन्छ, पवित्र कालीगण्डकी तट जुन मुक्तिनाथ र दामोदरकुण्डको काखमा छ । आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुन्छु”, उनले भने ।

विश्वका हिन्दू धर्मावलम्बीहरूका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदरकुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने अध्यक्ष ढकालले बताए । 

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउँदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । आश्रमका अभियन्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थव मानवीय क्षेत्रमा काम गर्न उनले आग्रह गरे । 

सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जसको कोही छैन त्यसको मानव सेवा आश्रम छ भन्ने सन्देश नेपालभर पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो । विसं २०७२ मा बागलुङ शाखाको स्थापना भएको मानवसेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा पाँच करोड रुपैयाँ खर्च भइसकेको छ भने भवन सम्पन्नताका लागि थप चार करोड रुपैयाँ खर्च लाग्नेछ । यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकका रुपमा भागवत् भाष्कर कमलनयन गौतम रहेका छन् । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ४९ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक