जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै « Khabarhub

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गर्न थालिएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्ज्वल झाका अनुसार नेपाल सरकारको करिब रु १० करोड ५० लाखको लागतमा आकाशे पुल  निर्माण कार्य अगाडि बढाइएको हो । 

अत्यधिक सवारीसाधनको चाप रहेको सो राजमार्गअन्तर्गत  क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा एक एकवटा तथा सोही सडकखण्डको लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एउटा आकाशे पुल निर्माण गर्न थालिएको हो । 

क्षिरेश्वरको महिला विकास चोकमा तीन करोड ३५ लाख रुपैयाँ, सखुवा चोकमा तीन करोड ५७ लाख रुपैयाँ तथा लक्ष्मीनियामा  तीन करोड ४२ लाख रुपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न लागिएको इन्जिनियर झाले बताए । चालु आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गरिने उनले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पूर्व पश्चिम राजमार्ग भएर मधेस प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकाशे पुल निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने बताए  । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : १३ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको